कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २४ सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २४ सय नाघ्यो

दक्षिण कोरियामा ६ जनाको मृत्यु, ६ सयभन्दा बढीमा संक्रमण

एजेन्सी, १२ फागुन । कोभिड १९ अर्थात कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जना गरी २४६५ जनाको ज्यान गुमाएका समाचार संस्था सीएनएनले जनाएको छ । यस्तै कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।

यसैबीच दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । आइतबार मात्रै एकै दिन झण्डै २ सय नयाँ बिरामी थपिएका हुन् ।

चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो । कोरना फैलिन थालेपछि कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ ।

कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ । यता युरोपमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितहरू भेटिएपछि इटालीले आपतकालीन योजना घोषणा गरेको छ ।

प्रधानमन्त्री जुजेपेले आपतकालीन योजना घोषणा गर्दै उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा सहरमा नाकाबन्दीको घोषणा गर्नुभएको हो ।

ती सहरहरुलाई अहिले क्वारेन्टाइनको अवस्थामा राखिएको छ । इटालीमा कोरोनाका कारण तीन जनाको ज्यान गएको छ भने १ सय ५२ जना संक्रमित भेटिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);