विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार भन्दा बढी (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार भन्दा बढी (अपडेट)

corona

एजेन्सी, ७ वैशाख । विश्वभर कोरोना भाइरस महामारीका कारण १ लाख ६१ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाए अनुसार अहीलेसम्म मृत्युहुनेको संख्या १ लाख ६१ हजार १ सय ९६ पुगेको छ । त्यसैगरी २३ लाख ४५ हजार बढीमा संक्रमण पुष्टी भएको छ । ६ लाख ४ हजार ६ सय ६ जना निको भएर घर फर्किएका छन ।

युरोपमा मात्र १ लाख ५ सय १० जनाको मृत्यु भएको छ । त्यसैगरी अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ । टर्कीमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएर ८२ हजार ३ सय २९ पुगेको छ ।

भारतमा हालसम्म १६ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टी भएको छ । ५ सय २१ जनाको मृत्यु भएको छ । चीनमा एक महिनायताकै न्यून १६ जना नयाँ संक्रमित फेला परेका छन् । दक्षिण कोरियामा संक्रमण फैलिएयता पहिलो पटक नयाँ संक्रमतिको संख्या ८ जनामा झरेको छ । दक्षिण कोरियामा हालसम्म १० हजार ६ सय ६१ जनामा संक्रमण पुष्टी भएको छ, जसम्धये २ सय ३४ जनाको मृत्यु भएको छ ।

यसैबीच, क्यानडाले अमेरिकासँगको सिमा थप ३० दिनका लागी बन्द गर्ने निर्णय गरेको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सन्चेजले बालबालिकालाई घरबाहिर निस्कने वातावरण बनाउँदै लकडाउनलाई केही खुकुलो बनाउने बताउनुभएको छ । स्पेनमा महामारीका कारण २० हजार ६ सय ३९ जनाले ज्यान गुमाएका छन ।

इरानले पनि राजधानी तेहरान आंशिक रुपमा खोलेको छ । कम जोखिम रहेका व्यापार व्यवसाय खुल्ला गर्ने निर्णय इरानले गरेको हो । अल्जेरिया, क्रोएसिया, मोरक्को लगायत मुलुकले भने लकडाउनको समयावधी बढाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);