विश्वभर ६६ लाख ३२ हजार बढिमा कोरोना संक्रमण (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विश्वभर ६६ लाख ३२ हजार बढिमा कोरोना संक्रमण (अपडेट)

corona update

एजेन्सी, २३ जेठ । विश्वभर ६६ लाख ३२ हजार ९ सय ८५ मा कोरोना संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ७२ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१, रुसमा ४ लाख ४० हजार ५ सय ३८, बेलायतमा २ लाख ८३ हजार ७९, स्पेनमा २ लाख ४० हजार ६० सय ६०, इटालीमा २ लाख ३४ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ३ लाख ९१ हजार १ सय ३६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ । त्यहाँ १ लाख ८ हजार २ सय २१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बेलायतमा ३९ हजार ९ सय ८७, इटालीमा ३३ हजार ६ सय ८९, ब्राजिलामा ३४ हजार २१ जनाको मृत्यु भएको छ ।

विश्वभर २८ लाख ६९ हजार ९ सय ६३ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार बिहानसम्म अमेरिकामा ४ लाख ८५ हजार २, ब्राजिलमा २ लाख ५४ हजार ९ सय ६३, रुसमा २ लाख ४ हजार १ सय ९७, जर्मनीमा १ लाख ६९ हजार ९ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि २६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहिबार मात्रै ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा कोरोना संक्रमणपछि १० जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ७ सय ३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६ हजार ३ सय ६३ पुगेको छ । भारतमा हालसम्म १ लाख ८ हजार ५० संक्रमित संक्रमणमुक्त भएका छन् ।

#कोरोना #कोरोना_संक्रमण

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);