विश्वभर कोरोना संक्रमण ६२ लाख ६४ हजार नाघ्यो, निको भए २६ लाख ९५ हजार बढि  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वभर कोरोना संक्रमण ६२ लाख ६४ हजार नाघ्यो, निको भए २६ लाख ९५ हजार बढि 

corona update

काठमाडौं, २० जेठ । विश्वभर ६२ लाख ६४ हजार ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित तथ्यांक अनुसार विश्वभर ३ लाख ७५ हजार २ सय ८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। संक्रमितको संख्या १८ लाख ९ हजार १ सय ९ छ। त्यहाँ १ लाख ५ हजार ९९ जनाको मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३९ हजार १ सय २७, इटालीमा ३३ हजार ४ सय ७५, ब्राजिलमा २९ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, ब्राजिलमा ५ लाख २६ हजार ४ सय ४७, रुसमा ४ लाख १४ हजार ३ सय २८, बेलायतमा २ लाख ७७ हजार ७ सय २७, स्पेनमा २ लाख ३९ हजार ६ सय ३८, इटालीमा २ लाख ३३ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि पुष्टि भएको छ।

विश्वभर २६ लाख ९५ हजार ७ सय २९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ४ लाख ५८ हजार २ सय ३१ छ। त्यस्तै, ब्राजिलमा २ लाख ११ हजार ८०, रुसमा १ लाख ७५ हजार ५ सय १४, जर्मनीमा १ लाख ६५ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा १८ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ जनाको मृत्यु भएको छ भने २ सय २१ जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५ हजार ६ सय ८ पुगेको छ। भारतमा हालसम्म ९५ हजार ७ सय ५४ संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ७२ हजार ४ सय ६० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २६ हजार ८३ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या १ हजार ६ सय ४३ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या ८११ छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४९ हजार ५ सय ३४ पुगेको छ। बंगलादेशमा हालसम्म ६ सय ३२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १० हजार ५ सय ९७ छ।

अफगानिस्तानमा संक्रमितको संख्या १५ हजार ७ सय ५० पुगेको छ। अफगानिस्तानमा २ सय ६५ जनाको मृत्यु भइसकेको छ भने १ हजार ४ सय २८ जना उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या ४३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ६ छ।

माल्दिभ्समा संक्रमितको संख्या १ हजार ८ सय २९ छ। मृत्यु हुनेको संख्या ६ छ भने उपचारपछि निको हुनेको संख्या ४८८ पुगेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);