भारत-पाकिस्तान जासुसीको आरोपमा दुई पाकिस्तानी अधिकारीलाई देश निकालाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

भारत-पाकिस्तान जासुसीको आरोपमा दुई पाकिस्तानी अधिकारीलाई देश निकालाको घोषणा

एजेन्सी, १९ जेठ । पाकिस्तानका दुई कूटनीतिक अधिकारीले जासुसी गरेको आरोप लगाउँदै भारतले उनीहरूलाई देशबाट निष्कासित गर्ने घोषणा गरेको छ ।

विदेश मन्त्रालयले दिल्लीस्थित पाकिस्तानको उच्च आयुक्तको कार्यालयमा कार्यरत ती दुई अधिकारी जासुसीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोप लगाएको हो । एउटा विज्ञप्तिमार्फत् त्यस्तो बताएको दिल्लीले थप विवरण भने दिएको छैन ।

पाकिस्तानले भने प्रतिक्रियामा भारतको त्यस्तो घोषणालाई कूटनीतिक अधिकारीहरूमाथिको यातना र अवरोध भन्दै आलोचना गरेको छ । खासगरी दुवै देशले आफ्नो भनी दाबी गर्ने कश्मीर क्षेत्रको विवादलाई लिएर उनीहरूबीच दशकौँदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);