दंगा र लुटपाट रोक्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दंगा र लुटपाट रोक्न सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

trump-warns-to-use-military

एजेन्सी, २० जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरमा भैरहेको दंगा र लुटपाट रोक्न सेना परिचालन गर्ने बताउनुभएको छ । प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै ट्रम्पले सेना परिचालन गर्ने चेतावनी दिनुभएको हो ।

राज्यहरू हिंसात्मक प्रदर्शन रोक्न असमर्थ भइरहेका भन्दै ट्रम्पले नागरिकको जीवन र सम्पत्ति रक्षा गर्न सेना परिचालन गर्ने र हिंसात्मक प्रदर्शनको अन्त्य गर्ने बताउनुभयो । क्रुरताका कारण भएको जर्ज फ्लोइडको मृत्युबाट सबै अमेरिकी स्तब्ध भएको उल्लेख गर्दै उहाँले फ्लोइडको मृत्युबाट अमेरिका स्तब्ध रहेको यसैका कारण आक्रोश पनि पैदा भएको उल्लेख गर्नुभयो ।

आफू शान्तिपूर्ण प्रदर्शनको पक्षधर भएको स्मरण गराउदै ट्रम्पले प्रदर्शनका क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको विनाश रोक्ने कुनै पनि कसर बाँकी नराख्ने चेतावनी पनि दिनुभयो ।

यसैत्रीच फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ । फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेको र अक्सिजन अभावले भएको दावी गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);