ट्रम्पको आदेशमा केनोसा सहरमा संघीय सेना तैनाथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

ट्रम्पको आदेशमा केनोसा सहरमा संघीय सेना तैनाथ

एजेन्सी, १२ भदौ । अमेरिककाको विस्कन्सीन राज्यस्थित केनोसा सहरमा फैलिएको हिंसात्मक प्रदर्शन नियन्त्रणका निम्ति थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । एक अश्वेत पुरुष जेकब ब्लेकलाई प्रहरीले गोली हानेपछि केनोसा शहरमा भइरहेको विरोध प्रदर्शन रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाकर्मि परिचालनको आदेश दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

केनोसामा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुन थालेको भन्दै राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मी परिचालनको आदेश दिनुभएको बताइएको छ । केनोसा सहरमा जारी विरोध प्रदर्शनमा गोलीलागेर दुई जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले उक्त कदम उठाउनु भएको हो ।

अमेरिकी राज्य विस्कन्सिनको केनोसा सहरमा फैलिएको हिंसात्मक प्रदर्शन नियन्त्रणका निम्ति थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । विस्कन्सिन राज्यका महान्याधिवक्ता जोज कौलले ब्लेकलाई गोली हान्ने प्रहरीको नाम सार्वजनिक गर्नुभएको छ ।

ब्लेकलाइ रुस्टेन शेस्की नाम गरेका प्रहरीले ढाडमा सातवटा गोली हानेको कौलले जानकारी दिनु भएको छ । २९ वर्षीय अश्वेत अमेरिकी जेकब ब्लेकमाथि प्रहरीले गोली हानेको विरोधमा अमेरिकाका पोर्ट्ल्यान्ड, मिनीयापलिस, मिनिसोटा र ओरगनलगायतका सहरहरुमा पनि प्रदर्शन भएका छन् ।

ब्लेकको चिन्ताजनाक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । ज्यान जोगिएपनि उनी अब हिँडडुल गर्न नसक्ने चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);