दिल्ली दंगामा सुरक्षाकर्मीबाटै मानवअधिकारको उल्लंघन भएको एम्नेस्टीको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दिल्ली दंगामा सुरक्षाकर्मीबाटै मानवअधिकारको उल्लंघन भएको एम्नेस्टीको आरोप

एजेन्सी , १२ भदौ । मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेशनलले भारतको राजधानी दिल्लीमा गत फेब्रेरीमा भएको धार्मिक दंगामा सुरक्षाकर्मीबाट गम्भीर मानवअधिकारको उल्लंघन भएको आरोप लगाएको छ । धार्मिक दंगाका क्रममा हिंसा नियन्त्रण गर्ने बहानामा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर चरम यातनासमेत एम्नेस्टीको आरोप छ ।

भारतमा नागरिकतासम्बन्धी विवादास्पद कानुनी व्यवस्थाको विरोधमा हिन्दु र मुसलमान समुदायबीच भएको हिंसामा ४० जनाको मृत्यु भएको थियो । एम्नेस्टीको प्रतिवेदन सार्वजनिक भएपछि दिल्ली प्रहरीले कुनै प्रतिक्रिया भने जनाएको छैन । मुसलमान समुदायमाथि आक्रमण र उनीहरुका सम्पतिमा आगजनी तथा तोडफोड भएपनि प्रहरीले त्यसलाई रोक्ने प्रयाससमेत नगरेको एमनेष्टिको प्रतिवेदनमा उल्लेख छ ।

उक्त कानुनको विरोधमा हिन्दु र मुसलमान समुदायबीच जातीय र धार्मिक हिंसा भएपनि दिल्ली प्रहरीले नियन्त्रण भन्दा पनि हिंसालाई थप प्रोत्साहन गरेको एमनेष्टिको ठहर छ । हिंसामा दुवै तर्फ क्षति भएपनि मुसलमान समुदाय नै बढी आक्रमणको निशानामा परेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);