देवपुरा रुपैठा घटना : ‘बाहिरबाट आएकाले साम्प्रदायिक दंगा फैलाउने खोजे’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

देवपुरा रुपैठा घटना : ‘बाहिरबाट आएकाले साम्प्रदायिक दंगा फैलाउने खोजे’

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा शनिबार दिउँसो २ बजेदेखि नै निषेधज्ञा लगाइएको छ । केही उच्छृङ्खल तत्वले सम्प्रदायिक सद्भाव बिथोल्न खोजेपछि स्थानीय प्रशासनले आइतबार राति १० बजे सम्मको लागि निषेधज्ञा लगाइएको छ ।

केही दिनअघि छठ पर्व अन्तर्गत स्थानीय तेलिया पोखरीको डिलमा घाट निर्माणको क्रममा स्थानीय केही हिन्दु र मुस्लिम समुदायबीच समान्य विवाद भएको थियो । पछि स्थानीय प्रहरीको सक्रियतामा विवाद समाधान पनि भयो । तर, केही व्यक्तिले सामाजिक सञ्जाल फेसबुक तथा स्थानीय केही न्युज पोर्टलले उक्त घटनालाई अतिरञ्जित गरेपछि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयले स्वयं सक्रिय भई शुक्रबार नै स्थानीय दुवै समादायका व्यक्तिलाई बोलाएर सहमति गराएर घर पठाएका थिए ।  

शनिबार दिउँसो केही युवाहरूले एक जनकपुरधामबाटै नाराजुलुस लगाउँदै देवपरा रुपैठा पुगेका थिए । त्यहाँ प्रहरीले रोक्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि नै ढुङ्गमुढा प्रहार गरेपछि प्रहरीले एक दर्जन राउण्ड अश्रुुग्यास फायर गरेका थिए । प्रदर्शकारीले पनि प्रहार गरेको ढुङ्गन लागेर आधा दर्जन सुरक्षाकर्मी घाईते भएका छन् । प्रदर्शकारीमध्ये सोमनाथ यादवले आफुहरू हिन्दु धर्मको रक्षा र हिन्दु राष्ट्रको लागि आएको बताए । 

उनले भने, ‘सार्वजनिक पोखरी भए पनि यो हिन्दुहरूकै पोखरी हो । त्यसमा मुस्लिम सामुदायले कब्जा गरी छठ पूजामा अवरोध गरेको छ । त्यसैले हामी धर्मको रक्षा र हिन्दु राष्ट्रको लागि यहाँ आएका छौँ । प्रशासनले हामीमाथि दमन गरियो भने यो आन्दोलनलाई देशव्यापी बनाउछौँ ।’ 

प्रदर्शनमा सहभागि हिन्दु धर्म संरक्षण मञ्च सुनसरीका सदस्य राधेश्याम यादवले भने, ‘छठ पर्व नाममा हिन्दु धर्ममाथि अन्याय भएको छ ।’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा घटना भएको उनले आरोप लगााए ।   

यता, स्थानीय रामसोभित दासले भने, ‘गाउँ समाजमा सामान्य विवाद भइरहन्छ, त्यो ठूलो कुरो होइन । तर, केही हिन्दुवादी संघ संस्था र केही मिडियाले त्यसलाई साम्प्रदायिक रंग दिन खोजेको छ ।’ 

‘हामीलाई छठ पर्व मनाउन कुनै सामुदायबाट अवरोध नभएको बताउँदै उनले भने, ‘घाट निर्माणमा सामान्य विवाद भए पनि छठ पूजामा कुनै विवाद वा अवरोध भएन । घटना साम्य भइसकेपछि विरगञ्ज, सुनसरीलगायतका स्थानबाट आरएसएस, हिन्दुवादी तथा राजावादी समर्थक संघसंस्थाहरूले आएर नाराजुलुस गरे । हाम्रो समाजको कुरा हामी गाउँसमाजका कुरा मिलाइसकेका छौँ । तर, उनीहरू बाहिरबाट आएकाहरूले सुरक्षामा खटेका प्रहरीमाथि नै ढुङ्गगामुढा गरिरहेका छन् । ति संघसंस्थाहरूले धर्मको नाममा राजनीतिक गर्न खोजेका छन् ।’

स्थानीय मोहम्मद हविव कवाडीले छठ पूजामा हाम्रो सामुदायबाट कुनै अवरोध नभएको बताए । ‘हामी सधैँ मिलेर, भाइचाराअनुसार नै मिलेर बेसिरहेका छौँ’, उनले भने, ‘स्थानीय प्रहरी प्रशासनलाई सबै जानकारी छ । स्थानीयवासीबीच अहिले कुनै विवाद छैन । तर, बाहिरबाट विभिन्न संघसंस्थाहरूबाट आएका व्यक्तिहरूले साम्प्रदायिक घटना गराउन खोजेका छन् ।’  

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले केही संघ संगठनहरूले घटनालाई बढाउन खोजे पनि अवस्था अहिले समान्य बन्दै गएको बताए । ‘पोखरीको विषयमा दुई सामुदायबीच विवाद देखिए पनि त्यो साम्य भइसकेको थियो’, बास्तोलाले भने, ‘हिजो शनिबार बाहिरबाट आएका विभिन्न हिन्दुवादी संगठन तथा राजावादी संघसंस्थाका व्यक्तिहरूले आएका शान्ति सुरक्षामा खल्ल पु¥याउने खोजेका थिए । तर, प्रहरीको सक्रियताले अहिले अवस्था समान्य हुदै गएको छ ।’ उनले पोखरीसम्बन्धी विवादको विषयमा स्थानीय दुवै समुदायका अगुवा, जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहसहितसँग छलफल गरिने बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);