कोहलपुरमा जनजीवन सामान्य बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोहलपुरमा जनजीवन सामान्य बन्दै

banke

बाँके, २३ मंसिर । बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाएको छ । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा अध्यनरत छात्रा प्रगति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि अशान्त भएको कोहलपुरमा आइतबार दिउँसोदेखि लगाइएको निषेधज्ञा आज बिहानबाट हटाइएको हो ।

विद्यार्थीको प्रदर्शनका कारण कोहलपुर अशान्त बनेपछि प्रशासनले बजार क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो । निषेधज्ञा हटाइएसँगै यातायात र बजार खुलेका छन् भने प्याव्सन र एनप्याव्सनले घटनाको बिरोध गर्दै जिल्लाभरका विद्यालय बन्द गराएपछि पठनपाठन भने हुन सकेको छैन । घाइते चन्दको काठमाडौंस्थित बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);