धनकुटामा आज पनि निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनकुटामा आज पनि निषेधाज्ञा जारी

धनकुटा, ६ माघ । आन्दोलनकारी, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफल बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले धनकुटामा शनिबार पनि निषेधाज्ञा जारी गरेको छ । शनिबार विहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो । धनकुटावासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहेने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतिले बताए।

शुक्रबार दिनभरी भएको छलफलमा आन्दोलनकारी र स्थानीय प्रशासनले आ–आफ्नो अडान नछाडेपटि धनकुटा तनावग्रस्त बनेको छ । निषेधाज्ञा लगेको क्षेत्रमा पसल खोल्न र हिडडुल गर्न दिने स्थानीय प्रशासनले घोषणा गरेपनि आम हड्तालको कारण बजार बन्द रहेको छ।

स्थानीय प्रशासनले शुक्रबार साँझ ५ः३० बजे पछि स्कर्टिङमा यातायात चलाउन थाले पनि शानिबार बिहानैदेखि कोशी राजमार्गमा सवारी साधान चलेका छैनन्।

संघर्ष समितिले आन्दोलन घोषणा

सरकारले निषेधाज्ञा लगाएपनि धनकुटामा प्रादेशिक राजधानी प्राप्तीको आन्दोलन गरिरहेका संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । संर्घष समितिले शनिबार विहान ६ बजे देखि साँझ ५ बजे सम्म आम हड्ताल घोषणा गरेका छन्।

प्रदेश नं.१ को राजधानी धनकुटा बनाउने अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा बसेको ंसंघर्ष समितिको बैठकले धनकुटा बजारमा विरोध र्‍याली प्रदर्शन गर्ने, बजारका सबै घरमा कालो झण्डा र कालोपट्टी बाँधेर विरोध जनाउने निर्णय गरेको छ।

सबै सरकारी कार्यालयहरूलाई दिउँसो १ बजेदेखि २ बजे सम्म काम नगरी ‘पेन डाउन’ गरेर बस्न अनुरोध गर्ने र जिल्लावासीको नागरिकता संकलन गरेर स्थानीय प्रशासन मार्फत् सरकारलाई बुझाउने निर्णय गरेका छन् । आन्दोलनमा घाइते भएकाहरूको राज्यबाट निःशुल्क उपचारको माग गर्दै समितिले प्रदेश नं. १ का १४ जिल्लामा रहेका माननीय र सरोकारवालाहरूसँग छलफल चलाउने र धनकुटालाई सरकारले अस्थायी राजधानी नतोके सम्म धनकुटाका सांसदलाई सपथ ग्रहण नगर्न अनुरोध गर्ने पनि निर्णय गरेको संयोजक श्रेष्ठले बताए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);