धनकुटामा बिहीबारदेखिको निषेधाज्ञा शनिबार पनि जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

धनकुटामा बिहीबारदेखिको निषेधाज्ञा शनिबार पनि जारी

धनकुटा, ६ माघ । धनकुटा प्रशासनले बिहीबारदेखि लगाएको निषेधाज्ञालाई शनिबार पनि निरन्तरता दिएको छ । प्रदर्शनकारी र स्थानीय प्रशासनबीच भएको छलफल विना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

धनकुटाबासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले बताए ।

निषेधाज्ञा लागेको क्षेत्रमा हिँडडुल गर्न दिने स्थानीय प्रशासनले घोषणा गरेपनि आम हड्तालको कारण बजार बन्द रहेको छ । आम हड्तालका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

स्थानीय प्रशासनले शुक्रबार साँझ ५.३० बजे पछि स्कर्टिङमा यातायात चलाउन थाले पनि शानिबार विहानै देखि कोशी राजमार्गमा सवारी साधान चलेका छैनन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपनि धनकुटामा प्रादेशिक राजधानी प्राप्तीको आन्दोलन गरिरहेका संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);