दीर्घकालीन बाग्मती सफाइको खाचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दीर्घकालीन बाग्मती सफाइको खाचो

Bagmati-Clean-Campaign

काठमाडौं, ६ माघ । बाग्मती किनारमा ग्रीन रोड बनाउने, पार्क निर्माण गर्ने जस्ता हल्लाले व्यापकता पाएपनि बागमतीको अवस्थामा भने आसै सुधार आएको छैन । बाग्मतीलाई सुधार्न ठूलो प्रोजेक्ट होइन स्थानीयबासीलाइ लक्षित गरी बाग्मती सभ्यताको सफाइ गर्नसपर्र्ने आवश्यक छ । बाग्मती परिवर्तनका लागि ऐन कानुन पनि कडा पार्न आवश्यक छ ।

प्रत्येक शनिबार बिहान बाग्मती नदीमा सुरक्षाकर्मी र स्वयंसेवीहरु जम्मा भएर सफाइ अभियानमा भाग लिने गरेका छन् । बाग्मती सफाइ अभियान २ सय पैतालीसौँ हप्तामा पुग्दा अभियानका सहभागीहरुले नदीको दीर्घकालीन सफाइका लागि पूर्वाधारहरु निर्माणको काममा तीव्रता दिन सरकारसँग माग गरेका छन । पाच बर्ष अघि शुरु भएको बाग्मती सफाइ अभियानमा सुरक्षा निकायले शुरुबाटै साथ दिँदै आएका छन् । बाग्मती नदीको सफाइले मात्र पर्याप्त नहुने भन्दै सहभागीहरुले काठमाण्डौको ढल व्यवस्थापन र अन्य पूर्वाधार निर्माणका काम पनि साथ साथै लैजानुपर्ने उल्लेख गरेका छन । बाग्मती सफाइ अभियान अहिले अभियानको रूपमा रहे पनि त्यसलाई आगामी दिनमा राज्यले कानुनी प्रतिबद्धताको रूपमा लिनुपर्ने सहभागीहरुले जोडदिएका थिए ।

कुनैकुनै क्षेत्रमा सफाइ अभियानले बाग्मती नदी र त्यसको किनार क्षेत्रलाई पहिलाभन्दा सफा सुग्घर बनाएको देखिन्छ भने कुनै क्षेत्रमा भने पहिले कै अवस्थामा देखिएको छ । बागमती सफाइ एक सामाजीक कार्य भएकाले यस अभियानमा सहभागीहरु आफनो स्वइच्छाले सहभागी हुने गरेका छन । आफनो घरपविारको कामलाइ पनि सगसगै लगेर हप्ताको एक दिन राष्टलाइ दिने भन्दै बागमतीमा सरसफाइमा सहभागी हुने गरेको स्थाीयकासीको भनाइ छ ।

बाग्मती नदी सफाइ जस्तै मुलुकभरिका अन्य नदी पनि सफा गर्ने अभियान सञ्चालन समेत भएका छन । बागमती सरसफाइ अभियानले विकासको अन्य काम गर्नका लागि सकारात्मक सन्देश दिएको भन्दै बागमती सरसफाइ एक प्रेरणादायी अभियानलाई सरकारले सहयोग गरेर अझै तिव्रता दिनुपर्ने अभियानका सहभागीहरुको ठम्याइ छ ।

पूर्व मुख्य सचिव लिलामणि पौडेलको अग्रसरतामा सुरु भएको बाग्मती नदी सफाइ अभियानमा त्यतिबेला कैयौँ संघ संस्थाहरुले एक्यबद्धता जनाएका थिए तर अहिले भने संघसंस्थाको आसै सहभागीता देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);