बाग्मती सफाई अभियान सुरु भएको पाँच वर्ष पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाग्मती सफाई अभियान सुरु भएको पाँच वर्ष पुरा

फूलमाया आले

काठमाडौं, ५ जेठ । बाग्मती सरसफाई महाअभियान सुरु भएको आज ५ वर्ष पूरा भएको छ । यो अवधिमा झण्डै २० हजार टन फोहोर निकालिएको बताइएको छ । यद्यपि, ५ वर्षमा भएको काम चित्तबुझ्दो नरहेको अभियन्ताहरुले बताएका छन्।

सरसफाई महाअभियान सुरु भएको शनिबार ५ वर्ष पुरा भएको छ । बाग्मती सहित यसमा मिसिने सहायक नदीहरुको सफाई समेतमा केन्द्रित भएर अभियन्ताहरुले काम गरिरहेका छन् ।

हरेक शनिबार गरिने अभियानले सरसफाई सहित बाग्मती किनारको सुन्दरताका लागि वृक्षारोपण तथा पार्कहरु बनाउने काम समेत गरिँदै छ । फोहोर सफा गर्न एकातिर बागमती सफाइ अभियान चलिरहँदा अर्कोतिर काठमाडौंवासीले नदीलाई फोहोर बनाउन पनि छाडेका छैनन् । सरसफाई गरिएकै क्षेत्रमा ढलहरु मिसाइरहेको अवस्था छ ।

पहिलाको तुलनामा वाग्मती सफा भएपनि शिक्षित वर्गले नै फोहोर फाल्ने र ढल मिसाउने गरेका कारण सफाइ अभियान सोचेजस्तो प्रभावकारी बन्न नसकेको अभियानलाई सघाइरहेका सर्वसाधारण बताउँछन् ।

पूर्वमुख्य सचिव लिलामणी पौडेलको अग्रसरतामा सुरु भएको बाग्मती नदी सफाइ अभियान प्रत्येक शनिबार बिहान २ घण्टासम्म सञ्चालन हुँदै आएको छ । सो अभियानमा विभिन्न संघ संस्थाहरुले पनि सहयोग गर्दै आइरहेका छन् ।

त्यसैले बाग्मतीलाई ढलरहित बनाउन सकिए दिगो सरसफाईको लक्ष्य हासिल गर्न सकिन्छ र सफाई अभियानले सार्थकता पाउन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);