बागमती सफाइ अभियानको २८९औं हप्ता, ढल मिसाउने र फोहोर फाल्नेक्रम रोकिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागमती सफाइ अभियानको २८९औं हप्ता, ढल मिसाउने र फोहोर फाल्नेक्रम रोकिएन

bagmati safai

तेजना पण्डित

काठमाडौं, ८ मंसिर । बागमती सफाइ अभियानको २८९औं हप्ता पुगेको छ । शनिबार पनि अभियान्ताहरु बागमती सफाइ अभियान अन्तर्गत बुद्धनगरमा सहभागि भए । तर सफाइ अभियानको २८९औं हप्ता पुगिसक्दा समेत बागमतिमा ढल मिसाउने र फोहोर फाल्नेक्रम रोकिएको छैन ।

नागरिक अभियन्ताहरुको पहलमा तात्कालिन मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा २०७० साल जेठ पाँच गते गुुह्येश्वरीबाट शुुरु गरिएको वाग्मती सफाई अभियान २८९ औं हप्तामा आइपुुगेको छ । प्रत्यक शनिवार बिहान साढे सातबाट दुइ घण्टा संचालन हुुने वाग्मती सफाई अभियान दुुईसय उनानव्ये सातामा आइपुुग्दा पनि नेपाल प्रहरी नेपाल आर्मी, राष्ट्रसेवक कर्मचारीहरुको तथा नागरीक अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

‘राष्ट्रका लागि हप्तामा दुुई घण्टा स्वयम्सेवा’ भन्ने भावनाका साथ स्वस्र्फुत रुपमा यो अभियानमा भाग लिन आएका अभियन्ताहरु वाग्मती स्वयंसेवामा लाग्न पाएकोमा खुशी व्यक्त गरिरहेका थिए ।

‘स्वच्छ सफा र स्वस्थ जीवनयापनका लागि चेतना जगाउने र स्वयंसेवी भावनाबाट सामाजिक परिर्वतनका लागि नागरिकलाई उत्प्रेरीत गर्ने’ अभिप्रायबाट वाग्मती सफाइ अभियान संचालन भएको थियो । यसलाई कुुनै औपचारिक संस्थाको कानुुनी स्वरुप दिइएको छैन । जाडो गर्मी, चाडपर्व भुकम्प या नाकाबन्दी जुुनसुुकै समयमा पनि निरन्तर चलिरहेको यो अभियान नेपालको सवैभन्दा लामो अभियानका रुपमा परिचित भएको छ ।

वाग्मती सफाइका क्रममा दश हजार मेट्रिक टन भन्दा बढि फोहर निस्कासन गरेर पनि फोहो बढिरहँदा अभियानताहरु स्थानीयका कारण अभियानमा चुनौति थपिएको निष्कर्षमा छन् ।

अभियान सुरु भएपछि बाग्मती सफाइका साथै किनारा हरियाली बनाइएको छ भने ठाउँठाउँमा निर्माण गरिएका बगैंचाले नदिकिनाराको शोभा बढाएको छ । सँगसँगै यो अभियान अभिप्रेरणा लिने माध्यम पनि बनेको छ । यहि अभियानबाट प्रभावित भएर बिष्णुुमती, मनोहरा, हनुुमन्ते लगायत देशका ९० स्थानमा सफाइ अभियान संचालन भइरहेको छन् ।

घरदैलदो कार्यक्रम गरेर सचेत बनाउदा पनि स्थानीयले बाग्मतीमा फोहर फाल्न छाडेका छैनन् । ठाउँठाउँमा ढल समेत मिसिने क्रम नरोकिएकाले बागमति अझै दर्गन्धीत बनिरहेको छ । स्थानीय र सरकारी संयन्त्रको सक्रीय सहभागिता नरहँदा बाग्मती सफाइ अभियानले जुुन प्रगति हासिल गर्नुपर्ने हो त्यो हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);