सुनसरीमा सेनाको गस्ती, नाका र गौंडामा प्रहरी तैनाथी (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनसरीमा सेनाको गस्ती, नाका र गौंडामा प्रहरी तैनाथी (फोटो फिचर)

विनोद आचार्य,
सुनसरी । पूर्ण निषेधाज्ञा जारी गरिएसँगै आज बिहानैबाट सुनसरी सुनसान देखिएको छ ।

कोरोनाका संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले आजबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा लगाएको छ ।

डीसीसीएसीको निर्णयसँगै जारी निषेधाज्ञालाई यस पटक भने पूर्ण कडा बनाइएको छ । सडकदेखि नाका र गौंडासम्म सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

राजमार्गमा अत्यावश्यक सवारीका साधन फाट्टफुट्ट बाहेक संचालन गर्न दिइएको छैन् । यस अघि जारी निषेधाज्ञा सर्वसाधारणबाट उल्लंघन भएकाले समेत प्रशासनको पछिल्लो निर्णयसँगै जिल्लाभर पूर्ण कडाइ गरिएको छ ।

प्रहरीले जिल्ला जोड्ने सीमावर्ती नाकाहरुमासमेत सर्तकता बढाएको छ । ती स्थानहरुमा प्रहरीले कडा चेकिङ गरिरहेको छ भने जिल्ला प्रवेशमा पूर्ण रोक लगाएको छ । सुनसरी प्रहरीले सर्वसाधारणलाई अटेर गरी घर बाहिर निस्किए सडकमै कारबाही गर्ने चेतावनी दिएको छ ।

यसैबीच सुनसरीमा नेपाली सेना समेत सडकमा निस्किएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सचेतना जगाउने उद्देश्यसाथ सेना खटिएको बताएका छन् ।

जिल्लाका धरान, इटहरी र इनरुवा जस्ता प्रमुख शहरमा सेनाको सक्रियता बढाइएको प्रजिअ ढकालले जानकारी दिए । ढकालका अनुसार नेपाली सेनाले सचेतना सन्देश सहित शहर बजार लक्षित गरी गस्ती थालेको छ ।

सुनसरी प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने उपर प्रहरीलाई कारबाहीको अधिकार दिइएको जनाएको छ ।

सुनसरीमा दोस्रो चरणको संक्रमण फैलिए सँगै संक्रिय संक्रमितको संख्या २ हजार ५ सय नाघेको छ । ४० ले संक्रमणका कारण ज्यान गुमाइ सकेका छन् । सोही कुरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले फैलदो संक्रमणलाई घटाउन जेठ १५ सम्म जिल्ला ठप्प पार्ने निर्णय लिइएको बताउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);