देशभर ६३ जिल्लामा निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभर ६३ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि नेपालमा हाल पूर्ण र आशिंक गरी ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । शनिबार अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लाका प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको हो ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङ जिल्लाको आवातजावतमा पूर्ण रोक लगाइएको गृहले जनाएको छ ।

त्यस्तै कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले स्थानीय प्रशासनलाई जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लागू गर्ने अधिकार दिएको छ । ग्रामीण क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ कोरोनाका सक्रिय संक्रमित पुगेको ठाउँमा जिल्ला प्रशासनले निषेधाज्ञा लगाउँदै आएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);