आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा, ४५ जिल्लामा निषेधाज्ञा घोषणा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा, ४५ जिल्लामा निषेधाज्ञा घोषणा जारी

काठमाडौँ । कोरोनाको महामारीले विकराल रुप लिएपछि जिल्ला प्रशासनले निषेधाज्ञा धमाधम जारी गर्दै छ ।

मंगलबारदेखि थप आठ जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियमन्त्रणका लागि नुवाकोट, कपिलवस्तु, धनुषा र दैलेखमा निषेधाज्ञा गरिएको छ । त्यस्तै डोल्पा, डोटी, नवलपरासी पूर्व । बागलुङमा पनि निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावाश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । खाद्यान्नका लागि खाद्यस्टोरहरु पनि जिल्ला प्रशासनले तोकेको निश्चित समयमा मात्र खोल्न पाइने छ ।

हालसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);