बागलुङका पत्रकारलाई लक्षित गरी १० वेडको आइसोलेशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बागलुङका पत्रकारलाई लक्षित गरी १० वेडको आइसोलेशन

बागलुङ । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसंगै बागलुङका क्रियाशील पत्रकार संक्रमित भएमा सुरक्षित रूपमा राख्नको लागि आइसोलेशन वार्ड निर्माण गरिएको छ ।

जिल्लामा कोरोना कहरले च्याप्दै गए पछि पत्रकार महासंघ बागलुङ शाखाले आइसोलेसन बेड तयार गरेको हो । महासंघको सभाहलमा १० जनासम्म राख्न मिल्ने गरी आइसोलेसन बेड बनाइएको हो ।

संक्रमणको रिपोर्टिङ गर्नुपर्ने र जति बेला पनि अग्रपंक्तिमा खटिनु पर्ने भएकोले पत्रकार संक्रमण हुने खतरा बढेको भन्दै आइसोलेसन बनाइएको नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेलले बताए ।

जिल्लामा क्रियाशील पत्रकारमा संक्रमण भएमा उक्त आइसोलेसनमा राखेर उपचार गरिने व्यवस्थापनका लागि आइसोलेसन तयार गरिएको महासंघले जनाएको छ । पत्रकारहरुले महासंघकै भवनमा बस्न पाएमा सुरक्षित हुने र आफ्नै घर जस्तो अनुभव हुने समेत संचारकर्मीको भनाइ छ ।

महासंघले पहिलो चरणमा १० वटा बेड राखेर पत्रकार बस्ने व्यवस्थापन गराएको छ । महासंघले बागलुङ नगर स्वास्थ्य शाखा र धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलको प्राविधिक सहयोगमा आइसोलेसन वार्ड बनाएको महासंघले जनाएको छ ।

स्वास्थ्य शाखाका प्रतिनिधिले अवलोकन गरेर अन्य सामाग्रीको लागि पनि पहल गर्न आग्रह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);