पाल्पामा कांग्रेस पार्टी कार्यालय आइसोलेसन सेन्टरमा परिणत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पामा कांग्रेस पार्टी कार्यालय आइसोलेसन सेन्टरमा परिणत

पाल्पा । नेपाली कांग्रेस पाल्पाको पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउन दिइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन काँग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।

पाल्पामा पनि कोरोना संक्रमितको दर बढेकाले अस्पतालमा शैया अभाव हुन सक्छ त्यसैले बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन सेन्टरकारुपमा प्रयोग गर्न भवन दिइने काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बताए ।

पार्टी कार्यालय कोभिड अस्पतालका रूपमा प्रयोग गर्न दिनु सकारात्मक रहेको र आवश्यकतानुसार भवन प्रयोग गरिने जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

तानसेनस्थित सिल्खानटोलमा रहेको सुविधा सम्पन्न भवन साढे २ तलाको छ । यहाँ ७ वटा कोठा रहेका छन् । यो भवनमा ५० बेड सम्म राखेर संक्रमितको सहजै उपचार गर्न सकिने छ । यो भवनको प्रत्येक तलामा छुट्टा–छुट्टै शौचालय रहेकाले कोभिड प्रभावितलाई उपयागी हुने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);