भरतपुर अस्पताल संक्रमितले भरियो, चितवनमा पुनः कडा निषेधाज्ञा हुन सक्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

भरतपुर अस्पताल संक्रमितले भरियो, चितवनमा पुनः कडा निषेधाज्ञा हुन सक्ने

दिलिप शर्मा,

चितवन । चितवनमा दैनिक रुपमा कोरोना संक्रमितहरु बढ्दै जाँदा कडा निषेधाज्ञा गर्नुपर्ने देखिएको छ । दिनहुँ २ सय भन्दा बढी संक्रमितहरु थपिदै जान थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना नियन्त्रणको विकल्प खोज्न थालेको हो ।

चितवनमा हालसम्म निषेधाज्ञा कायमै छ । साउन २४ गते सम्म कायम हुनेगरी निषेधाज्ञा जारी भएपनि खुकुलो निषेधाज्ञा पश्चात संक्रमितहरु गुणात्मक रुममा बढेका छन्। जसका कारण जिल्ला प्रसासन कार्यालय चितवनले अब के गर्न सकिन्छ भनेर दैनिक जस्तो छलफलमा जुटेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना नियन्त्रणका उपायहरु के हुन सक्छन भनेर छलफल भैरहेको बताए । उनका अनुसार “निषेधाज्ञालाई अझै कडा बनाएर लैजान सुझाबहरु आएका छन् । संक्रमितहरुको दैनिक तथ्याङ्क विश्लेषण भैरहेको ले अब के गर्ने भन्ने कुरा केहि दिन मै निर्कौल हुनेछ ।“

यता चितवनका स्वास्थ्यकर्मीहरुले पनि जिल्लामा कोरोना संक्रमितहरु बढिरहेकाले समयमै उपर्युक्त विकल्प निकाल्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

निषेधाज्ञा खुकुलो भएपश्चात संक्रमितहरु बढिरहेकाले २ महिना अघिकै अवस्था दोहोरिने हो कि भन्ने चिन्ता उनीहरुको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकहरुले कम्तिमा १५ दिन कडा निषेधाज्ञा गर्न सुझाब दिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए ।

संक्रमितहरु बढेकोले निशुल्क उपचार हुने भरतपुर अस्पताल भरिइसकेको अवस्था छ ।

अन्य अस्पताल पनि केहि दिन मा नै संक्रमितहरुले भरिन सक्ने हुदा तयारि अवस्था बस्नुको विकल्प नभएको उनले बताए । यहि गतिमा संक्रमितहरु बढ्दै गएमा भदौ पहिलो हप्ता देखिनै चितवन मा बैशाख -जेठ को जस्तो अवस्था आउन सक्ने प्रमुख तिवारीको भनाइ छ।

निषेधाज्ञा खुकुलो भएपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्साल बताउँछन् । “अहिले कोरोनासंगै अन्य बिरामीको चाप ह्वात्तै बढेको छ, हामीले कोरोनाका लागि छुट्याएको बेडहरु भरिने अवस्थामा छन् “ उनले भने ।

चितवनमा कोभिड विरुद्धको खोप लगाउनेहरु हाल सम्म २३ प्रतिशत मात्र पुगेको छ । कुल जनसंख्याको ठूलो समूह अझैपनि कोभिड विरुद्धको खोपबाट बन्चित रहेकोले जोखिम कायमै छ ।

निषेधाज्ञा कै कारण ले ठप्प रहेको व्यापार व्यवसायले गति लिदै गरेकोमा फेरि निषेधाज्ञाको हल्ला चल्दा व्यापारीहरु चिन्तित बनेका छन् । भरतपुर महानगरपालिकामा सक्रिय संक्रमितहरु धेरै छन् । अन्य नगरपालिकामा संक्रमितको संख्या तुलनात्मक रुपमा कम भएकोले जिल्लाका सबै नगरपालिकामा निषेधाज्ञा आवश्यक नहुन सक्ने व्यापारीहरुको भनाइ रहेको छ।

भरतपुरको तुलनामा कम जनसंख्या र भिडभाड कम हुने नगरपालिकामा तत्कालै निषेधाज्ञा जारी गर्न नहुने राप्ति उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल बताउँछन् ।

चितवनमा हाल सम्म सक्रिय संक्रमितको संख्या २ हजार १८९ जना छन् । ति मध्ये २ हजार ४९ जना होम आइसोलेसनमा छन् ।

स्थानीय तहले स्थापना गरेको आइसोलेसन केन्द्रमा सात जना , अस्पतालको आइसोलेसन केन्द्रमा १३३ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै हालसम्म संक्रमितको संख्या २० हजार ९५० पुगेको छ । जसमध्य कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);