दाङमा जारी निषेद्याज्ञा स्वरुपमा परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दाङमा जारी निषेद्याज्ञा स्वरुपमा परिवर्तन

दाङ, २१ भदाै । दाङमा जारी निषेद्याज्ञा स्वरुपमा परिवर्तन गरिएको छ । यहि भदौ १४ गते राती १२ बजेदेखी लागू गरिएको निषेद्याज्ञा आज आइतवार मध्यरात बाट सकिँदै छ । एक हप्ता पूर्ण रुपमा लागु गरिएको लकडाउन अब अलि खुुुुकुलो हुनेछ । यदि भदौँ २८ गते सम्म बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले त्यस्तो निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुुुभयो । उहाँका अनुसार मध्यान्ह १२ बजेपछि भने फेरी नियमित रूपमा निषेद्याज्ञा हुनेछ । दैनिक ६ घटा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने समेत उहाँको तर्क थियो । त्यसैगरी सोही समयमा नीजि प्लेटका गाडीहरु जोर बिजोर प्रणाली अनुसार सञ्चालनमा समेत आउनेछन् ।

सार्वजनिक यातायातका साधनहरु भने अर्को निर्णय नहुँदा सम्म बन्द नै रहने छन् । एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतवार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।

दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ८३८ पुगेको छ । त्यसमध्ये ७०६ जना निको भएर घर फर्किएका छन्, भने १३० जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । ति संक्रमितहरु विभिन्न आइसोलेसन तथा होम आइसोलेसनमा रहेका छन् । जिल्लामा संक्रमणबाट अहिलेसम्म २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);