२९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आइतबारदेखि लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आइतबारदेखि लागू

काठमाडौँ। दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने भन्दै सरकारले विभिन्न निषेधका आदेशहरु जारी गरेको हो ।निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न समेत रोक लगाएको छ यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न नपाइने गृह मन्त्रालयले जनाएको हो ।

गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ७ वटाबाहेक अन्य २२ जिल्लामा जिल्लाभर नै निषेधाज्ञा लागू हुने छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ८ जिल्लामा आइतबारदेखि लागू हुनेछ ।बाँकी ७ जिल्ला मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको कास्की जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);