Our Network

वैशाख २९ २०७८, बुधवार

महामारीको समयमा पनि सत्ताको जोड घटाउको प्रयास (भिडियाेसहित)

कोरोना भाइरस संक्रमणका कारण नेपालको स्वास्थ्य क्षेत्र अत्यन्त संकटग्रस्त बन्दै गएको छ । शनिबार मात्रै देशभरमा ५ हजार ७ सय ६३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १४ हजार ४ सय ३ पीसीआर परीक्षणमा पाँच हजार ७ सय ६र ५ सय ६६ एन्टिजेन परीक्षणमा ५७ गरी पाँच हजार ७ सय ६३ मा संक्रमण पुष्टि भएको हो । एकैदिनमा थपिएका संक्रमितको यो संख्या पहिलो लहरको उच्च विन्दु नजिक हो ।

संक्रमणको गति हेर्दा यसले जनजिवनलाई थप भयावह तर्फ लगिरहेको छ । स्वास्थ्य मन्त्रालयको भनाइ अनुसार दिनप्रतिदन संक्रमणको दर उच्च हुदै जाने र यसले गम्भिर संकट निम्त्याउने भन्ने नै देखिन्छ । देशभर लकडाउनको अवस्था बढ्दै गएको छ । यस्तो अवस्थामा पनि संकटलाई उचित सम्वोधन गर्नका निमित्त देशका राजनीतिककर्मीहरु अग्रसर देखिएका छैनन् । सबै मुलुक हरुको हालको एजेण्डा विश्वभर फैलिरहेको महामारीले निम्त्याउने संकटको मोचनतर्फ केन्द्रीत छ भने, हाम्रो देशको नेतृत्व यतिखेरपनि राजनीतिक चक्रव्युहबाट बाहिर निस्कन सकेको छैन ।

सामान्य जनतादेखी मन्त्रीहरु समेत संकटको सिकार बनिसकेका छन्, तरपनि मुख्य नेतृत्व भने सत्ताको जोड घटाउमै आफुलाई लिप्त बनाइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार संक्रमणलाई सम्वोधनको नाममा एउटा वक्तव्य पत्रकारहरुको हातमा थमाउदै आफ्नो जिम्मेवारी यतिमै सिमित गरेको छ, भने बाँकी दलहरुलाई संक्रमणको जानकारी छकी छैन त्यो पनि खोजीको विषय बनेको छ । यतिवेला देशलाई सबै राजनीतिक नेतृत्वको सकारात्मक भूमिकाको खाँचो छ ।

जनता सबै राजनीतिक नेताहरुले अभिभावकत्व लिउन् भन्ने चाहन्छन् । कमसेकम यो परिवेशमा नेताहरुले झगडा नगरुन् भन्ने उनीहरुको चाहना हो । देशको संकटलाई यथासक्य व्यवस्थापन गर्ने तर्फ सबैको ध्यान गइदिए हुन्थ्यो भन्ने चाहन्छन् । संकटलाई व्यवस्थापन गर्न सके राजनीति गर्ने दिन त भविस्यमा पनि आउने नै थियो तर, जनताको यो अपेक्षा आफुलाई राजनीतिका मसिहा ठान्नेहरु अनि पटकपटक प्रधानमन्त्री भइसकेका र फेरी प्रधानमन्त्रीको पदको निमित्त कुनै पनि हथकण्डा बाँकी नराख्ने प्रवृति बोकेका नेतागणबाट पुरा हुने अवस्था देखिदैन ।

निर्वाचनका बेला बाहेक जनता सम्झिने प्रवृति नेपाली नेतृत्वमा हराउदै गएको छ । नेतालाई संकट पर्दा जतिखेरपनि जनता सडकमा उत्रिनुपर्ने, जनताको घर—घरमा संकट प्रवेश गर्दा भने नेतृत्वको नामो निशान कहि देखिन नपर्ने एउट बिडम्बना देखिएको छ । केन्द्र देखि प्रदेशसम्म गहिरिएको सत्ता लिप्साको भोकले नेतृत्वलाई राम्रैसंग गाँजेको छ । यस्तो लाग्छ की, नेताको भूमिका सत्ता पाउनु बाहेक अरु कुरामा छँदै छैन । देश ठप्प छ । उद्योग व्यवसाय ठप्प छन् । उद्योगी व्यवसायी कहाँ छन् ? कसैलाई अत्तो पत्तो छैन ।

मौकाको फाइदा उठाउने कालाबजारियाहरु कोराना महामारी जस्तै तल्लो स्तर सम्म फैलिएका छन् । देशको प्रमुख आयश्रोत रहेको पर्यटन क्षेत्रको अवस्था वर्तमानमा त खराव छनै, भविस्य समेत अनिश्चित छ । विदेशबाट नेपालीहरुको स्वदेश फिर्ति तिब्र छ । तर, ति सबै समस्याको समाधान तर्फ कसैको चासो छैन । देशमा सरकार छ तर राष्ट्रिय संकट समाधानको निमित्त सरकार मात्र पर्याप्त हुदैन । सबै राजनितिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी र सर्वसाधारण समेतको महत्वपूर्ण योगदानबिना संकटसंग जुध्न र समाधान पाउन सम्भव हँुदैन । यस्तो परिस्थितिमा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।

बाँकी सबैपक्ष बिपक्ष, बिना द्वेश संकटको समाधानको निमित्त हातेमालो गर्न तयार हुनुपर्छ । जनता संकटमा रहने, नेतृत्वगण जनताप्रति उदासिन हुने, अनि सत्ता गठजोडमा मात्र लिप्त रहने प्रवृतिका पात्रहरुलाई जनताले रामैसंग मुल्यांकन गर्नेछन् । आफ्नो प्रवृति सुधार गर्न नसके देशले त संक्रमणबाट मुक्ति पाउला तर, संकटमा साथ नदिने नेतृत्व माथीको राजनीतिक संकट भने अरु गहिरिएर जाने छ । सम्बन्धित पक्ष सचेत बनोस् ।


Leave a Reply