नेपालमा एकै दिन संक्रमित हुनेको संख्या ५७ सयभन्दा बढी, उपत्यकामा मात्रै झन्डै तीन हजार संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा एकै दिन संक्रमित हुनेको संख्या ५७ सयभन्दा बढी, उपत्यकामा मात्रै झन्डै तीन हजार संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार ७ सय २७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा पाँच हजार ६ सय ५७ र ५ सय २५ एन्टिजेन परीक्षणमा ७० गरी पाँच हजार ७ सय २७ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये काठमाडौंमा दुई हजार ४ सय ४, ललितपुरमा चार सय १९ र भक्तपुरमा दुई सय ३३ सहित काठमाडौं उपत्यकामा मात्रै दुई हजार ९ सय ५६मा रहेका छन् ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या तीन लाख २३ हजार १ सय ८७ पुगेको छ ।

यो पनि पढ्नुहोस

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढी रहेको छ : स्वास्थ्य मन्त्रालय

त्यसैगरी पछिल्लो २४ घण्टामा ३३ संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका नौ सय २८ सहित नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ८१ हजार ९५ पुगेको छ । हाल नेपालमा ३८ हजार ८ सय १३ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);