नेपालमा एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा सात हजार २ सय ११ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १६ हजार १ सय ४७ पीसीआर परीक्षणमा सात हजार १ सय ३७ र ६ सय २३ एन्टिजेन परीक्षणमा ७४ गरी सात हजार २ सय ११ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये काठमाडौंमा दुई हजार ७ सय ४४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय १ सहित काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय ९५ रहेका छन् ।

मुलुकभर र काठमाडौं उपत्यकामा एकैदिन संक्रमित हुनेको यो संख्या हालसम्म कै उच्च हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या तीन लाख ३६ हजार ३० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २७ संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ३ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका एक हजार ६ सय १२ सहित नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);