नेपालमा थप ५७ सय ६३ कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा थप ५७ सय ६३ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार ७ सय ६३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १४ हजार ४ सय ३ पीसीआर परीक्षणमा पाँच हजार ७ सय ६र ५ सय ६६ एन्टिजेन परीक्षणमा ५७ गरी पाँच हजार ७ सय ६३ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये काठमाडौंमा एक हजार ९ सय ३२, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ सहित काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४ सय ९५ रहेका छन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या तीन लाख २८ हजार ८ सय ९३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १९ संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २ सय ९८ पुगेको छ ।पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका एक हजार २ सय ८७ सहित नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ८२ हजार ३ सय ८२ पुगेको छ ।

हाल नेपालमा ४३ हजार २ सय १३ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);