थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार २१४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार २१४ पुग्यो

coronavirus test

काठमाडौं, २३ साउन । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

२४ घण्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएका छन् ।

अहिले ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । जस मध्ये प्रदेश १ मा ४ सय २५ जना, प्रदेश २ मा २ हजार ८ सय ३९ जना, बागमती प्रदेशमा ९ सय ४३ जना, गण्डकी प्रदेशमा २ सय ७६ जना, प्रदेश ५ मा ३ सय ७६ जना, कर्णाली प्रदेशमा २ सय ३१ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ४० जना संक्रमित रहेका छन् ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जना संक्रमित थपिएको बताउनुभयो । काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो । त्यस्तै देशभर क्वारेन्टीनमा रहेका व्यक्तिहरुको संख्या १० हजार २ सय ७ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);