नेपालमा थप २८ सय २४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा थप २८ सय २४ जनामा कोरोना संक्रमण

संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७

काठमाडौं, १६ कार्तिक । नेपालमा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । आज १३ हजार २३ जनाको पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जनामा संक्रमण देखिएको छ ।

आज थप २३ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । आज संस्थात आइसोलेसनमा प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा २९, बागमती प्रदेशमा ५ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा १ हजार ३१ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा २ सय ८, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा ५५ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ मा ६ हजार ३ सय २२, प्रदेश नम्बर २ मा १ हजार ७० र बागमती प्रदेशमा १७ हजार ८ सय ३४ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ५९, लुम्बिनी प्रदेशमा ६ हजार ६६, कर्णाली प्रदेशमा ७ सय ७० र सुदूरपश्चिम प्रदेशमा ८ सय ६५ गरी देशभरी ३० हजार ९ स ८६ जना होम आइसोलेसनमा रहेका छन् ।

आज ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा १३ हजार ३ सय ८, प्रदेश नम्बर २ मा १७ हजार १८ र बागमती प्रदेशमा ६७ हजार ६ सय ५४ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ६ सय १, लुम्बिनी प्रदेशमा १६ हजार १ सय ६८, कर्णाली प्रदेशमा ५ हजार १ सय ९ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९ सय ८४ जना गरी देशभरी १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);