कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

corona virous

काठमाडौं, २३ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बताउनुभयो ।

पर्साको विरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा र पर्साकै ७९ वर्षीय पुरुषको साउन २० गते घरमै निधन भएको र कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो ।

त्यस्तै पर्साकै ५७ वर्षीय अर्का पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पातलमा निधन भएको छ । सिरहा गोलबजार नगरपालिकाका २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ ।

सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा निधन भएको छ । यससँगै हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);