कोरोना भाइरसबाट थप ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कोरोना भाइरसबाट थप ५ जनाको मृत्यु

corona virous

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । यस्तै मोरङको विराटनगर महानगरपालिका ४५ पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो । सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको उहाँले बताउनुभयो ।

यस्तै धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको हो । दम उच्च रक्तचापका विरामी उहाँमा निमोनियाको पनि समस्या थियो ।यस्तै सप्तरीका ४२ वर्षिय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);