थप ३ सय ६० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

थप ३ सय ६० जनामा कोरोना संक्रमण

corona-test

संक्रमितको संख्या २१ हजार ७५० पुग्यो

काठमाडौं, २२ साउन । बिहीबार नेपालमा ३ सय ६० जना जना कोरोना भाइरस संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज ६ हजार ६ सय २२ गरी आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन । प्रदेश नम्बर १ मा ३ सय ५८ जना, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९३, बागमती प्रदेशमा ८ सय ३५ र गण्डकी प्रदेशमा २ सय ८० जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

बिहीबार ३ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ । प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३४ र बागमती प्रदेशमा ५ सय ९१ जना डिस्चार्ज भएका छन । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ६२, प्रदेश नम्बर ५ मा ४ जहार ९७, कर्णाली प्रदेशमा १ हजार ७ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

देशभरीका क्वारेन्टीनमा ९ हजार ४ सय ७० जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार ६ सय ५०, प्रदेश नम्बर २ मा १ हजार २ सय ८, बागमती प्रदेशमा ७ सय ८४ र गण्डकी प्रदेशमा २ हजा ५ सय ६४ जना क्वारेन्टीनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हनजार ३ सय १२, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना क्वारेन्टीनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);