थप १ हजार ८१ मा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

थप १ हजार ८१ मा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ हजार नाघ्यो

corona

काठमाडौं, २४ भदौ । नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

बुधबार देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ६२, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन् । आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन् ।

बुधबार ९ सय १८ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा ३ हजार १ सय १३, प्रदेश नम्बर २ मा ९ हजार ७ सय १३, बागमती प्रदेशमा ५ हजार ९७ र गण्डकी प्रदेशमा २ हजार ३८ जना संक्रमित आजसम्म डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ९ सय १९, कर्णाली प्रदेशमा२ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना गरी आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् । ५ हजार ८० जना क्वारेन्टीनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);