थप ८ सय ८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप ८ सय ८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ हजार नाघ्यो

corona

काठमाडौं, १३ भदौ । पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ८ सय ८४ संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ सय ७५ जना संक्रमित उपचाररत रहेका छन । यस्तै २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ । प्रदेश नम्बर १ मा १ हजार २ सय २२, प्रदेश नम्बर २ मा १ हजार ९ सय २४, बागमती प्रदेशमा ४ हजार १ सय ५५ र गण्डकी प्रदेशमा ४ सय ६७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ४०, कर्णाली प्रदेशमा ७ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय २९ गरी जम्मा संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना रहेका छन् ।

यसैगरी होम आइसोलसनमा प्रदेश नम्बर १ मा ४ सय २७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४७, बागमती प्रदेशमा १ हजार ६ सय ३२ र गण्डकी प्रदेशमा १८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८९, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १ सय १५ गरी देशभरी ६ हजार ४ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

शनिबार३ सय १३ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा १ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ४ हजार ६ सय ७८, बागमती प्रदेशमा १ हजार १ र गण्डकी प्रदेशमा १ हजार ७ सय ३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय ४७, कर्णाली प्रदेशमा २ हजार ३३ सय र सुदूरपश्चिम प्रदेशमा ८ हजार ८ सय ३४ जना गरी आजसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन् ।

क्वारेन्टीनमा ८ हजार ३५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ७ सय ३४, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ७ सय २४ र गण्डकी प्रदेशमा २ हजार ३ सय ५४ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ८१, कर्णाली प्रदेशमा ४ सय २ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);