मेशीनको आवस्यक पाठपूर्जा छुटेको भन्दै पीसीआर मेशीन फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेशीनको आवस्यक पाठपूर्जा छुटेको भन्दै पीसीआर मेशीन फिर्ता

सुमन महतारा
गुल्मी, १२ भदौ ।
गुल्मीमा ल्याईएको पीसीआर मेसिन सञ्चालन गर्नुको सट्टा १ महिनापछि राजधानी फिर्ता गरिएको छ । मेशीनको आवस्यक पाठपूर्जा छुटेको भन्दै फिर्ता पठाइएको हो । गएको श्रावण ३ मा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीबाट जिल्लामा तामझाम गर्दै स्थानीय तहलाई मेशीन हस्तान्तरण गरिएको भएपनि परीक्षण गर्नेबेला मेशीन फकाईएको छ ।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली नेतृत्वमा गुल्मीमा पीसीआर परीक्षण मेशीन गुल्मी पुराइएको थियो । राजधानीबाट हेलिकप्टर मार्फत गुल्मीमा तामझामको साथ मेशीन हस्तान्तरण गरिएको हो । तर, एक महिनापछि रेसुंगा नगरपालिकाले मेशीन संचालनका लागि आवस्यक सबै पार्टस् नभएको भन्दै राजधानी फिर्ता गरिएको छ । गुल्मीमा पीसीआर मेशीन संचालनका लागि आवस्यक थप व्यवस्था गरी छिट्टै संचालनमा ल्याउने गुल्मी रेसुङगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताउनु भयो ।

पीसीआर मेशीन परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालयले अनुगमन गरेपछि मेशीन संचालन गर्न नसकिने अवस्थामा भएको पाइएको हो । प्रदेश जनस्वास्थ्य कार्यालयले पीसीआर मेशीन प्रयोग गर्न नसकिने बताएपछि रहस्य खुलेको हो । मेशीन राजधानी पठाएपनि आवस्यक मेशीन उपकरणसहित पुनः गुल्मी फर्किने विषयमा कुनै जानकारी नभएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.उत्तम पच्याको जवाफ छ ।

जिल्लामा पीसीआर मेशीन सञ्चालनका लागि स्थानीय तहहरु नगरपालिकाले १५ लाख र गाउँपालिकाले १० लाखका दरले खरिद खर्च जुटाएका छन् । मन्त्रीको पहलमा गुल्मी मेशीन पुराइएको भनिएतापनि स्थानीय सरकारले मेशीन खरिदको खर्च जुटाएका हुन् । जिल्लामा संक्रमण त्रास बढीरहेकै बेला अपूरो मेशीन जिल्लामा पुराइएको छ । जिल्लामा प्राविधिक बोलाउन नसकिने भएकोले मेशी राजधानी पठाइएको स्थानीय प्रशासनले बताएको छ ।

गुल्मीमा पनि कोरोनाको संक्रमण बढेको छ । जिल्लामा पीसीआर परीक्षण गर्न जरुरी छ । स्थानीय सरकारको आर्थिक जोहोबाट सदरमुकामा मेशीन पुगेपनि अपूरो मेशीनले आम गुल्मेलीलाई निराश बनाएको छ । तामझामको साथ जिल्लामा मेशीन पुराइएको हल्ला गरिपनि अन्तमा मेशीन अपूरो हुँदा थप आशंका बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);