गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटनास्थलमै मृत्यु

सुमन महतारा, गुल्मी, १२ पुष । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको घटनास्थलमै ज्यान गएको छ । बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ को ट्रकले जिल्लाको रेसुङा नगरपालिका १३ भगेरी नजिक ठक्कर दिएको हो ।

ट्रकको ठक्कर बाट सोही वडाका २३ वर्षीय बालकृष्ण श्रीस र २४ वर्षीय टोप बहादुर रजालीको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष खुम खत्रीले जानकारी दिनुभयो । राती करिब १२-१ बजेको समयमा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

ठक्कर दिने ट्रक जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा रहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);