मध्यपुर थिमि नगरपालिकाले तत्काल विद्यालय सञ्चाल गर्न अनुमति नदिने | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

मध्यपुर थिमि नगरपालिकाले तत्काल विद्यालय सञ्चाल गर्न अनुमति नदिने

काठमाडौं, १२ पुष । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले तत्काल आफ्ननो क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु अन्य भक्तपुरका नगरपालिकाले भौतिक रुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुर थिमिले भने कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मध्यपुर थिमि नगर कार्यसमितिले आज आयोजना गरेको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले भर्चुवल कक्षामा सबै विद्यार्थीलाई समावेश गर्न नसकिएको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षाका उपाय अवलम्बन गरेर भौतिकरुपमा कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए ।

यस्तै प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दीपिका थापा, प्याब्सन केन्द्रीय कार्यसमितिका सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्रकुमार अधिकारी लगायतले शिक्षा क्षेत्रमा आएको समःया र चुनौतीका बारेमा चर्चा गरेका थिए।

मध्यपुर प्याब्सन कार्यसमितिका अध्यक्ष निलेश आचार्यले कोरोना भाइरसको महामारीका बीच शिक्षा क्षेत्र निकै चपेटामा परेको जनाउँदै सरकारले शरुमै विद्यालय सञ्चालन नीति नबनाउँदा समग्र शिक्षा क्षेत्र नै धराशायी बनेको बताउनुभएको छ ।

Leave a Reply