प्रधानमन्त्री ओली समर्थनमा बृहत मोटरसाईकल -याली, जसपाको विरोध जुलुस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री ओली समर्थनमा बृहत मोटरसाईकल -याली, जसपाको विरोध जुलुस

खोटाङ, १२ पुष । खोटाङमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बृहत मोटरसाईकल ¥याली निकालिएको छ । संसद विघटन गरेको भन्दै जिल्लामा दैनिक जसो ओलीको विरोध भईरहेको वेला आईतवार ओली समर्थक नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनहरुले दिक्तेलवजारमा मोटरसार्यकल -याली निकालेका हो।

दिक्तेलवजारको रत्नपार्कदेखि शुरु गरिएको ¥याली त्रिवोणीचोक, जिल्ला अदालत हस्पिटल चोक हुँदै भवन गैरामा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा खोटाङका कार्यालय सदस्य कुमार आचार्य, जिल्ला सचिवालय सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, सचिवालय सदस्य बिणादेवी राई र दिलचक्र राईले ओली कदमको समर्थनमा वोलेका थिए ।

यता, आईतवार नै जनता समाजवादी फोरम नेपालले ओली सरकारको विरुद्द दिक्तेलवजारमा विरोध ¥याली निकालेको छ । ओली कदमको विरोधमा चरणवद्द आन्दोलन गर्दै आएको जिल्ला कमिटीले हेलिप्याड नजिकै रहेको पार्टी कार्यालयवाट नारावाजीसहितको जुलुस शुरु गरी भवनगैरा, हस्पिटलचौक, हाटडाँडा हुँदै रत्नपार्कसम्म बिरोध जुलुस निकालेका थिए ।

जुलुसको क्रममा विभिन्न स्थानमा गरिएको कोणसभामा जसफोको नेता मदन राई, डा. कृष्णकुमार(केके)राई, रमेश राई , सन बहादुर राई लगायतले सम्वोधन गरेको जिल्ला अध्यक्ष टंक थापाले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);