नेकपा ओली पक्षले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपा ओली पक्षले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै

काठमाडाैं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली पक्षले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा विशाल आमसभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयोजना गरेको आमसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको जनसभा ऐतिहासिक हुने नेकपा लुम्बिनी प्रदेश कमिटीले जनाएको छ । लाखौं जनतासहित नेकपा नेता कार्यकर्ता उपस्थित हुने बताइएको आमसभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल ¥याली निकाल्नुका साथै मार्चपास समेत गरेका थिए ।

नेकपाले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा विशाल जनसभा गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);