नेकपा ओली पक्षको बागमती प्रदेश संगठन कमिटीद्वारा आज काठमाडौंमा बृहत् सभा गर्दै | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

नेकपा ओली पक्षको बागमती प्रदेश संगठन कमिटीद्वारा आज काठमाडौंमा बृहत् सभा गर्दै

काठमाडाैं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले काठमाडौंमा आज बृहत् आमसभा गर्दैछ । नेकपा बागमती प्रदेश संगठन कमिटीले अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

आमसभाका लागि ठुलो संख्यामा प्रधानामन्त्री केपी शर्मा ओली पक्षका भातृसंगठनहरुलाई खटाईएको छ । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने जनाइएको छ ।

बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट ¥याली निकालिन लागेको हो ।

जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने बताईएको छ । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन जनसभाको आयोजना गरिएको दावी गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);