नेकपाको युवासंघ नेपालले आज काठमाडौंमा बृहत मोटरसाइकल -याली निकाल्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपाको युवासंघ नेपालले आज काठमाडौंमा बृहत मोटरसाइकल -याली निकाल्दै

काठमाडाैं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल  -याली निकाल्ने भएको छ ।

माघ २३ गते काठमाडौंमा आयोजना हुने नेकपाको जनसभा तयारीका लागि पूर्व घोषित कार्यक्रम अनुसार युवासंघले मोटरसाइकल -याली निकाल्न लागेको हो । आज मध्यान्ह ललितपुरको बालकुमारी पुलबाट सुरू हुने -याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली,त्रिपुरेश्वर, आरएनसी, जमल, दरबारमार्ग नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर सकिनेछ ।

नेकपा ओली समूहले बागमती प्रदेशको आयोजनामा माघ २३ गते काठमाडौंमा जनसभा आयोजना हुँदैछ । नारायणहिटी नजिकैको सडकमा हुने सो जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);