नेकपाको दाहाल-नेपाल समूहले आज सिठ्ठी जुलुस गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपाको दाहाल-नेपाल समूहले आज सिठ्ठी जुलुस गर्दै

काठमाडौं, १३ माघ । नेकपाको दाहाल–नेपाल समूहले आजदेखि तेस्रो चरणको विरोध प्रदर्शन सुरू गर्दैछ । प्रतिनिधि सभा विघटनको विरोधमा सरकारविरूद्ध आन्दोलन गरिरहेको नेकपा दाहाल–नेपाल समूहले आज दिउँसो सिठ्ठी जुलुस गर्दै तेस्रो चरणको विरोध प्रदर्शन थाल्ने भएको हो ।

दिउँसो तीन बजेदेखि लैनचौरबाट सिठ्ठी जुलुस निकालीने छ । लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ । संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने छन् ।

तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत बुधबारदेखि २१ गतेसम्म भने संविधानसभा सदस्य, संघीय तथा प्रदेश सदस्यहरूले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको छ ।

दाहाल–नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा ¥याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);