दाहाल नेपाल पक्षले निकाले विजय जुलुस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाहाल नेपाल पक्षले निकाले विजय जुलुस

काठमाडाैं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बुधबार देशभर विजय जुलुस सुरु गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेको खुशीयालीमा दाहाल–नेपाल पक्षले बुधबार देशभर विजय जुलुस निकालेका हुन् ।

दाहाल–नेपाल समूहले राजधानीको रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको विजय जुलुस बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै पुनः शान्तिबाटिकामै पुगेको थियो।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्।

नेकपाको दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका विभिन्न राजनैतिक दल, नागरिक समाज प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै विरोध गर्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);