दाहाल–नेपाल नेकपाको बुधबार शक्ति प्रदर्शन, ५ ठाँउबाट जुलुस निकाल्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

दाहाल–नेपाल नेकपाको बुधबार शक्ति प्रदर्शन, ५ ठाँउबाट जुलुस निकाल्ने तयारी

काठमाडौं, २७ माघ । दाहाल–नेपाल नेकपाले बुधबार काठमाडौंमा ५ ठाँउबाट जुलुस निकाल्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनको बिरोधमा निकाल्ने सो जुलुस दिउसो १२ बजे प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुने छ। सो सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बुधबार तय भएको कार्यक्रम अनुसार बिहान ११ बजे पुल्चोकबाट जुलुस सुरु हुने छ। सो जुलुसको नेतृत्व कृष्णबहादुर महरा, रघुजी पन्त, पम्झा भुसाल, प्रमेश हमाल र ललितपुरमा रहेका सर्बै केन्द्रीय सदस्यहरुले गर्ने भएका छन् ।

त्यसैगरी त्रिपुरेश्वरबाट निकाल्ने जुलुसमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्दन शर्मा , युवराज ज्ञावली, मुकुन्द न्यौपाने, बर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु पुकार श्रेष्ठले गर्ने भएका छन् ।


बुधबारको अर्को जुलुस माइतीघरबाट निस्कने भएको छ। सो जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गिरिराजमणि पोखरेल, भीम आचार्य, गणेश शाह, हरिबोल गजुरेलले गर्ने भएका छन् ।

त्यस्तै केशरमहलबाट सोही समयमा निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौढेल, भीम रावल, शक्ति बस्नेत लगायतले गर्ने भएका छन् । जमलबाट निस्कने जुलुसको नेतृत्व लिलामणि पोखरेलले गर्ने भएका छन् ।

Leave a Reply

ताजा समाचार