दाहाल-नेपाल पक्षका विद्यार्थीको आन्दोलनः कालो झण्डादेखि बयलगाडा प्रदर्शनसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाहाल-नेपाल पक्षका विद्यार्थीको आन्दोलनः कालो झण्डादेखि बयलगाडा प्रदर्शनसम्म

काठमाडौं, २१ पुष । नेकपा दाहाल-नेपाल समूहका विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध पुस महिनाको आन्दोलन घोषणा गरेको छ। घोषित आन्दोलनमा मन्त्रीलाई कालो झण्डा देखाउने देखि बयाल गाडा प्रदर्शन र प्रधामन्त्रीको पुत्ला दहन गर्ने सम्मका कार्यक्रम समावेश गरिएको छ।

आन्दोलनका कार्यक्रमअनुसार मंगलबार सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राख्ने, २२ पुसमा गते काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन वा सिटी वा लाठी जुलुस निकाल्ने कार्यक्रम रहेको छ।

पुस २३ मा देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

पुस २५ मा संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने, २६ मा बयलगाडा प्रदर्शन गर्ने र २७ गते प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी पौष २८ मा सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) गरी २९ मा सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गरिने कार्यक्रम सार्बजनिक गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);