नेकपाको दुई समूहबीचमा बिलाए बामदेव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाको दुई समूहबीचमा बिलाए बामदेव

काठमाडौं, ३० माघ । नेकपाको दुई समूह यसबेला शक्ति प्रर्दशनमा केन्द्रित छ। कसेले ठुलो भीड देखाउने यो दुबै समूहको चासो र रुचीको बिषय बनेको छ। त्यसैले राजधानी लगायत देशका कुनै न कुनै भागमा कुनै पक्षको शक्ति प्रदर्शन चलिरहन्छ।

तर नेकपाका उपाध्यक्ष बामदेव गौतम भने यसबेला दुई समूहकोबीचमा हराए जस्ता देखिनुभएको छ। । उहाँ पछिका अधिकांस नेता कार्यकर्ताहरु दाहाल – नेपाल समूहको कार्यक्रम तिर भेटिन्छन । तर गौतम भने पार्टी एकीकरण नभए सम्म आफूहरु कतै नलाग्ने भन्दै बीचको बाटो रोज्नुभएको छ। । तर गौतमको यो बीचको बाटोले उहीँ नेकपाको राजनीतिमा हराएको त होइन भन्ने प्रश्न उठाएको छ।

सधै कुनै न कुनै बिषयमा चर्चामा आउने गौतम नेकपाको दुई पक्षको होहल्लाबीचमा बिलाए जस्ता हुनुभएकोछ् । उहाँ चुप चाप देखिनुभएको छ। । दुई समूहलाई मिलाउने उहाँको अभियान पनि दुर्घटनाग्रस्ता जस्तो देखिएको छ। गौतमको तहबाट यो पार लाग्ने अवस्था देखिदैन। किन कि दुबै समूहलाई चिढ्याउदै लानुभएको छ गौतमले ।

नेपाली राजनीतिमा अस्थिर गौतम

नेकपाका दुवै समूहमा नलागेका नेता गौतमले पुस २५ गते पार्टी एकताका लागि अपिल गर्नुभएको थियो । उहाँले आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गर्नुभएको थियो।

पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि आएको गौतमले वक्तव्यमार्फत जनाउनुभएको थियो। । ‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस्। यसो गर्नुभयो भने प्रिय कमरेडहरू हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरूलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनर्एकीकरण गर्न सकिनेछ’, गौतमले भन्नुभएको थियो।

घोषणा गरेको एक महिना भन्दा बढी बितिसक्दा गौतमले न एकीकरणको पक्षमा जुलुस निकाल्नु भयो न त पोष्टर र पम्लेटनै छापिए। केवल दुई समूहको शक्ति प्रर्दशनमा रमिता हेरेर बस्नुभयो गौतम।

बामदेवको विगत २५ वर्षको राजनीतिक उचार चढावलाई मात्र हेर्दा पनि उहाँ पटक पटक विभिन्न नेता, गुट र शक्तिको भकुण्डो बन्दै आउनुभएको छ। । सोझो तर प्रष्ट स्वभावका गौतमको राजनीतिक यात्रा अचम्मको तर अस्थिर खालको छ । तत्कालीन एमालेको आठौ महाधिवेशनमा वर्तमान प्रधानमन्त्री केपी ओलीसंग अध्यक्षमा प्रतिस्पर्धा गरेको झलनाथ खनालको पक्षमा उभिनु भयो ।

त्यसपछि उहाँका कुर्नै गुटसंग पनि दिर्घकालीन सम्बन्ध रहेन । उहाँले कहिले खुमलटार , कहिले कोटेश्वर कहिले बाल्कोट नजिक रहनु भयो। तर अहिले आएर गौतम न बालुटार , न खुमटार, न कोटेश्वर हुनुभएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);