प्रहरीद्वारा रामकुमारी झाँक्री रिहा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रहरीद्वारा रामकुमारी झाँक्री रिहा

काठमाडौं, २९ माघ । नेकपाको दाहाल–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहा गरेको हो ।

राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उहाँकै निवास शंखमुलबाट पक्राउ गरेको थियो । उहाँलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।

दाहाल–नेपाल पक्षनिकट भातृ संगठनले आन्दोलन गर्ने समेत तयारी गरेको थियो भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत परेको छ । तर प्रहरीले उनलाई आजै रिहा गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);