कार्यकर्ताको नाराबाजीकाबीच यसरी पक्राउ परिन झाँक्री (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कार्यकर्ताको नाराबाजीकाबीच यसरी पक्राउ परिन झाँक्री (फोटो फिचर)

काठमाडौं, २९ माघ । नेकपा दाहाल – नेपाल पक्षका केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले उहाँकै निवास शंखमुलबाट पक्राउ गरेको छ। बिहीबार बिहान सोधपुछका लागि बोलाउदा नआएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँलाई बिहीबार बिहान दश बजे उपस्थित हुन भनिएको थियो ।


राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा सोधपुछका लागि भनेर पक्राउ गरिएकोे प्रहरी स्रोतले बतायो। प्रहरीले पक्राउ गर्न आएको थाहा पाएपछि नेकपाका नेता तथा कार्यकर्ताले उनको निवास बाहिर जम्मा भएर नारावााजी गरेका थिए । उनीहरुले रामकुमारी हाई हाई , केपी ओली वाई वाई भन्ने नारा लगाएको थियो। झाँक्रलिाई पक्राउ गर्न सादा पोसाकका र दंगां प्रहरी परिचालन गरेको थियो।


विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँलाई पक्राउ गर्न बिहानदेखिनै उहाको निवास आसपासमा प्रहरीले निगारानी बढाएको थियो।


झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उहाँले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृतिको समेत विरोध गर्नुभएको थियो् ।

यसले एकल महिलामाथि हिंसा गरेको भन्दै अखिल नेपाल महिला संघले कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।पक्राउ पर्नु अघि संचारकर्मीहरुसंग कुरा गर्दै झाँक्रीले आफ्नो पक्राउले लोकतन्त्रको उपहास भएको बताउनुभयो। उहाँले आफुले बोलेको बिषय कानुनको उल्लंघन नभएको र राजनीतिक बिषय भएको बताउनुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);