विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई पक्राउ गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई पक्राउ गर्ने तयारी

काठमाडौं, २९ माघ । नेकपा दाहाल – नेपाल पक्षका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ। । उनलाई सोधपुछका लागि भन्दै बोलाउदा प्रहरी समक्ष उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको स्रोतले बतायो । उनका नाममा पक्राउपुर्जी जारी गरेको स्रोतले बतायो।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा सोधपुछका लागि भनेर पक्राउ गर्ने तयारी गरेको प्रहरी स्रोतले बतायो ।

विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न पक्रा गर्न लागेको प्रहरीले जनाएको छ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उनले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृतिको समेत विरोध गरेकी थिइन् ।

यसले एकल महिलामाथि हिंसा गरेको भन्दै अखिल नेपाल महिला संघले कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);