माधवजी मेरो होइन, म उहाँको कार्यकर्ता भएको हुँ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

माधवजी मेरो होइन, म उहाँको कार्यकर्ता भएको हुँ : प्रचण्ड

काठमाडौं, २८ माघ । दाहाल– नेपाल नेकपाका अध्यक्ष प्रचण्डले माधव नेपाल आफ्नो नभएर आफ उहाँको कार्यकर्ता बनोको बताउनुभएको छ। बुधबार सो पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै प्रचण्डले सो बताउनुभएको हो

‘ केपी ओलीले पचासौं बर्ष सँगै काम गरेका माधव नेपाल, झलनाथ खनाल लागयतका नेताहरुको अपमान गर्नुभयो । उहाँले माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भनेर अपमान गर्नुभएछ, केपीजी एउटा कुरा सुन्नुहोला माधवजी मेरो होइन म उहाँंको कार्यकर्ता भएको हुँ’ प्रचण्डले भन्नुभयो। प्रधानमन्त्री केपी ओलीको भनाई प्रति लक्षित गर्दै भन्नुभयो ‘ उहाँले सभा र प्रदर्शन कस्तो हुनुपर्छ भनेर भन्नुभए छ, केपी जी सभा र प्रदर्शन कस्तो हुन्छ हेर्नका लागि भृकुटीमण्डप आउनुस’।

प्रचण्डले शान्तिपूर्णरुपमा उत्रेका लाखौ जनताले प्रधानमन्त्री ओली नसच्यिए सिंहदरवार र बालुवाटार घेर्ने चेतावनी दिनुभयो। सर्बोच्च तर्फ लक्षित गर्दै प्रचण्डले भन्नुभयो ‘ आजको जनसागर हेरेपछि तपाईहरुलाई निर्णय गर्न पक्कै सजिलो भयो होला ’।

प्रचण्डले ओलीको निरंकुशतासंग डराएर लोकतन्त्र, गणतन्त्र र संविधान विपपिरतका निर्णय नगर्ने आफुलाई विश्वास भएको दावी गर्नुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);